Our payment processing is temporarily unavailable from 20 to 26 May 2026 due to a scheduled system upgrade. We are unable to process payments into bank accounts during this time. We apologise for any inconvenience and thank you for your patience.
Contact us by phone or web enquiry with any questions.

भिक्टोरियामा अपराध पिडितहरुका लागि सेवाहरू (Services for victims of crime in Victoria - Nepali)

भिक्टोरिया सरकारको अपराध पिडित हेल्पलाइन (Victims of Crime Helpline) ले तपाईं र तपाईंको परिवारको लागि नि: शुल्क जानकारी, सल्लाह र सहयोग प्रदान गर्दछ।

अपराध पिडित हेल्पलाइन

खोल्ने समय: बिहान ८ बजे - राति ११ बजे सम्म, हप्ताको ७ दिननै
फोन: 1800 819 817
सन्देश: 0427 767 891
ईमेल: vsa@justice.vic.gov.au

निम्न कुराहरूका लागि सन्देश वा ईमेल पठाउन हेल्पलाइनमा फोन गर्नुहोस्, :

  • प्रहरीलाई कसरी अपराधको जाहेरी दिने गर्ने थाहा पाउँन
  • तपाईंलाई मद्दत गर्न सक्ने अन्य सेवाहरू खोज्न
  • भिक्टोरियामा न्याय प्रणाली कसरी संञ्चालन हुन्छ भन्ने बारे जानकारी प्राप्त गर्न
  • यदि तपाईं अदालतमा साक्षी बस्न आवश्यक भएमा तपाईंलाई सहयोग गर्न
  • यदि तपाईं योग्य हुनुहुन्छ भने, क्षतिपूर्ति र आर्थिक सहयोगको लागि आवेदन दिन मद्दत लिन
  • तपाईं र तपाईंको परिवारलाई सुरक्षित राख्न तपाईं के गर्न सक्नुहुन्छ भन्ने बारे जानकारी पाउन

यदि तपाईं अहिले खतरामा हुनुहुन्छ भने, प्रहरीलाई तीन शून्य (000) मा फोन गर्नुहोस्। तपाईं कुनै पनि प्रहरी थानामा जान सक्नुहुन्छ।

हामी विभिन्न परिस्थितिमा रहेका धेरै व्यक्तिलाई सहयोग गर्छौ

हरेक वर्ष हामी विभिन्न उमेर, लिंग र पृष्ठभूमि भएका हजारौं अपराध पिडित मानिसहरूलाई मद्दत गर्दछौं।

यदि तपाईं प्रहरीलाई अपराध रिपोर्ट गर्न चाहनुहुन्न भने पनि हामी तपाईंलाई सहयोग गर्न सक्छौं।

प्रहरीलाई अपराधको बारेमा जानकारी दिनु पर्ने धेरै कारणहरू हुन्छन्। उनीहरूले तपाईंको रिपोर्टलाई गम्भीरतासाथ लिनेछन् र अपराधी पत्ता लगाउन कोशिस गर्नेछन्। उनीहरूले तपाइँको सुरक्षा पनि गर्न सक्छन्।

यदि तपाईं जाहेरी दिन तयार हुनुहुन्न वा प्रहरीसँग कुरा गर्ने बारे चिन्तित हुनुहुन्छ भने तपाईंलाई हेल्पलाइनले निम्न कुराहरूमा मद्दत गर्नेछ:

  • तपाईंसँग कुरा गर्न र तपाईंको परिस्थिति बुझ्न
  • यदि तपाईं अपराध रिपोर्ट गर्न चाहानु हुन्न भने पनि तपाईंलाई मद्दत गर्न सक्ने सेवाहरू खोज्न
  • यदि तपाईं चाहनुहुन्छ भने तपाईंलाई प्रहरीसँग कुरा गर्न मद्दत गर्न।

तपाईंले दोभाषे प्रयोग गर्न सक्नुहुन्छ

यदि तपाईंलाई चाहिएमा हेल्पलाइनले तपाईंलाई नि:शुल्क दोभाषे उपलब्ध गराउँछ। तपाईंले दोभाषे माग्नको लागि अरू कसैलाई हेल्पलाइनमा फोन गर्न लगाउन सक्नुहुन्छ।

दोभाषे अनुरोध गर्न:

  1. हेल्पलाइनलाई 1800 819 817 मा फोन गर्नुहोस्
  2. उनीहरूलाई तपाईंको नाम, फोन नम्बर र बोल्ने भाषा बताउनुहोस्
  3. एउटा दोभाषेले तपाईंलाई फोन गर्नेछ।

जब दोभाषेले तपाईंलाई फोन गर्दछ, तपाईंको मोबाइल फोनमा यो एक ‘निजी नम्बर’ ‘ब्लक्ड नम्बर’ वा ‘नचिन्ने (कलर ID नभएको) नम्बर' ('private number', 'blocked' or 'no caller ID') को रूपमा आउन सक्छ ।

Services for victims of crime in Victoria - information in Nepali (नेपाली)
PDF 203.03 KB
(opens in a new window)

Updated